Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का आए

हाम्रो कोशी आवाज
असोज १८ २०७८, सोमबार
संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का आए

संखुवासभाः नेपाली काङ्ग्रेस सङ्खुवासभा जिल्ला कार्यसमिति सभापतिमा दीपक खड्का विजयी भएका छन् ।
नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दीपक खड्का विजयी भएका हुन् । संस्थापन इतर समूहका उम्मेदवार खड्का अत्याधिक मदका साथ विजयी भएका छन् ।
संखुवासभा जिल्ला अधिवेशनमा कूल १ हजार ३ सय ५२ मत खसेकोमा खड्का १ हजार १ सय ९८ बढी मत ल्याएर विजयी भएका हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई रहेका थिए । खड्काका निकटतम प्रतिद्वन्द्वी राईले ११० मत प्राप्त गरेका छन् । खड्का पूर्वमन्त्रीसमेत हुन् । खड्का कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।
उपसभापति र सहसचिव पदमा पनि खड्का प्यानलकै विजयी भएका छन् । उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।
खड्काको स्थायी ठेगाना धर्मदेवी नगरपालिकाको आँखीभुइँ हो । उनी २०७० सालमा संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । आइतबार बिहान मतपरिणाम सार्वजनिक भएको हो ।

प्रकाशित मिति: असोज १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend