Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको राइजिङ क्लबले पोखरामा भएको ‘ए डिभिजन फुटसल’ मा जित्दै, प्ले अफमा

हाम्रो कोशी आवाज
असोज १९ २०७८, मंगलबार
धरानको राइजिङ क्लबले पोखरामा भएको ‘ए डिभिजन फुटसल’ मा जित्दै, प्ले अफमा

धरानः द राइजिङ क्लब, धरान जारी नेशनल ए डिभिजन फुटसल लिगको प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । सोमबार भएको आफ्नो नवौं खेलमा राइजिङले दावेदार मानिएको शिर्ष स्थानको घरेलु टोली स्पोर्टस क्यासलमाथि ६–४ को जित निकाल्यो ।
जारी प्रतियोगितामा स्पोर्टस क्यासलको यो पहिलो हार समेत हो । खेलमा राइजिङ क्लबका दोर्जे तामाङ म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ९ खेलबाट १९ अंक जोडेको राइजिङ दोस्रो स्थानमा छ । पराजित स्पोर्टस क्यासल भने २२ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।
त्यस्त,ै सोमबार नै भएको अर्को खेलमा मच्छिन्द्र स्काई गोल्सले लुम्बिनी फुटसललाई ५–४ ले हरायो । खेलमा स्काई गोल्सका सुवेत लामा म्यान अफ द म्याच घोषित भए ।
यो जितपछि ९ खेलबाट १३ अंक जोडेको स्काई गोल्स लिगतालिकाको छैठौं स्थानमा छ । यद्यपि स्काई गोल्स प्ले अफमा पुग्नबाट भने असफल भईसकेको छ । उता ९ खेलबाट ४ अंक मात्र जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको लुम्बिनी फुटसल भने रेलिगेशनमा पर्ने लगभग निश्चित भएको छ ।

प्रकाशित मिति: असोज १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend