धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा विवाद चुलिँदो छ ।
यसैबीच वाइसील धरान नगर कमिटीले धरानस्थित केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । अध्यक्ष विजय लामाको संयोजकत्वमा पुगेको टोलीले तालाबन्दी गरेको उनले जानकारी दिए ।
प्रदेश कमिटी हुँदै जिल्ला र नगरमा नेतृत्वहरूले विवाद सिर्जना गरेको र पार्टीमा गुटबन्द सिर्जना गरी विभाजनको सङ्घारमा पुरयाएको हुनाले युवाहरुले पार्टी बचाउने र नेतृत्वहरुको आपसी विवादलाई हल गर्न सहयोग पुगोस् भनेर तालाबन्दी गरिएको उनले जानकारी दिए । आपसी विवादलाई नमिलेसम्म ताला जारी रहने उनले जानकारी दिए । ‘खासमा हाम्रो पार्टीमा गुटउपगुट मौलाउँदै गएको छ’, उनले भने, ‘यसका लागि युवाहरुले खबरदारी आवश्यक देखेर ताला लगाएका हौं, विवाद समाधान नभएसम्म तालाबन्दी जारी रहन्छ ।’ उनले भने । यस्तो गुपउपगुट नसच्चिए विद्रोह गरिने उनले चेतावनी दिए ।