Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस धरानको पदस्थापन

हाम्रो कोशी आवाज
असोज २२ २०७८, शुक्रबार
कांग्रेस धरानको पदस्थापन

धरानः नेपाली कांग्रेस धरान उपमहानगरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ ।
शुक्रबार प्रदेश एकका संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइराला, प्रतिनिधिसभा सदस्य मिना सुब्बा, निवर्तमान कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले नवनिर्वाचित नगर सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पदस्थापन सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष सुवर्ण श्रेष्ठले २०७२ देखि २०७८ सम्मको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै उपनिर्वाचनमा धरानमा कांग्रेसले ऐतिहासिक जित हासिल गर्न सकेको बताए । उनले यो अधिवेसन पार्टीको भएको हुनाले सधै आउँदो निर्वाचनका लागि एक जुट भएर तयारी गर्न पनि आग्रह गरे । नेता कोइरालाले मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेकोले अब चाँडै नै प्रदेश १ मा गठबन्धनको नयाँ सरकार बन्ने बताए ।
प्रतिनिधिसभा सदस्य सुब्बाले आगामी निर्वाचनमा सबै तहमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उद्घोष गरे । उनले १४ औं महाधिवेशनले पार्टीलाई एक भएर लैजाने विश्वास व्यक्त गरे ।

धरान उपमहानगर समितिका निवर्तमान सभापति एवं मेयर तिलक राईले एउटा जीवनचक्र आफ्नो कार्यसमितिले पार गरेको बताउँदै आजको दिनबाट सम्पूर्ण जिम्मेवारी नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको बताए ।
नवनिर्वाचित सभापति श्याम पोख्रेलले सबैसँग सहकार्य तथा समन्वय गरेर धरानमा कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए । सभापति पोख्रेलले तिहार लगत्तै नगर समिति धरानका २० वटै वडामा संगठन विस्तार गर्न जाने उद्घोष गरे ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धरानमा गत असोज ९ गते सम्पन्न भएको नगर अधिवेशनमा श्याम पोख्रेलको प्यानल नै विजयी भएको थियो । सभापति पोख्रेलको प्यानलमा उपसभापति पदमा नरेन्द्र कुमार राई (प्रविन) र सन्तोष लिम्बू निर्वाचित भएका छन् । यस्तै, सचिव पदमा जितेन्द्र राई र हिमाल श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिव पदमा युनेश राणा मगर र शिला बज्राचार्य निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने पञ्चकला राई मनोनित भएकी छिन् ।
कार्यक्रममा जिल्ला सचिवद्धय केशव भण्डारी र सुजेन्द्र तामाङ, जिल्ला सदस्य निरु गिरी, कांग्रेस धरानका पूर्व सभापति एवं सभापतिका प्रत्यासी किशोर राई, बुथ सभापतिद्वय लोकेन्द्र फागो र उमेश श्रेष्ठलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: असोज २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend