Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खसी कप, चिण्डेडाँडालाई उपाधि

हाम्रो कोशी आवाज
असोज २८ २०७८, बिहिबार
धरानमा खसी कप, चिण्डेडाँडालाई उपाधि

धरानः धरानमा तेस्रो खसी कप आयोजना भएको छ ।
धरान–२० सिरिसे खेल मैदानमा आयोजित प्रतियोगितामा चिन्डेडाँडा फुटबल क्लबले खसी कपको उपाधि उचालेको छ । विष्णु सांस्कृतिक युवा क्लब धरानको आयोजनामा प्रतियोगिता भएको हो ।
चिण्डेडाँडा फुटबल क्लब र भञ्ज्याङ फुटबल क्लब धरान–२० बीच भएको प्रतिस्पर्धामा दुई दुई गोल बराबरी गरेपछि ट्राइब्रेकरको सहायता लिइएको थियो । ट्राइब्रेकरमा ८–७ गोल अन्तरले चिन्डेडाँडाले उपाधि जितेको हो ।
उपाधिसँगै चिन्डेडाँडाले ५० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ भने उपविजेता टिम भञ्ज्याङले ३० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाएको थियो । प्रतियोगितामा धरानसहित धनकुटा साँगुरीगढी, बराहक्षेत्र, विष्णुपादुका, धरान–१७ पटनालीलगायत २३ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष विजय लामाले जानकारी दिए ।
धरान उपमहानगरपालिका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, धरान–२० वडाध्यक्ष मणिराम राई, माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बोलगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार, प्रमाणपत्रलगायत वितरण गरेका थिए ।

 

प्रकाशित मिति: असोज २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend