धरानः दशैं, तिहार र छठको अवसर पारेर युवाहरुको ढुकढुकी, नेपालको चर्चित कलाकार सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् ।
सविन आफ्नो व्याण्ड टिम द फराओसहित यही शनिबार एमएच लाउन्ज एण्ड वारमा आउन लागेका हुन् । लकडाउनका कारण लामो समयको सन्नाटालाई चिर्दै सविन एण्ड फराओ व्याण्डले बगरकोट तताउन लागेका हुन् ।
धरानको नाइटलाइफस्थलको रुपमा चिनिने धरान–१५ स्थित बगरकोटमा चाडपर्वको बेला राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले मनोरञ्जन प्रदान हुँदै आएको थियो ।
साँझ भएपछि लाइभ म्युजिकले बगरकोट गुन्जयमान हुने गरेको थियो तर लकडाउनले गर्दा सुनसान बनेको थियो । यसैलाई चिर्दै बगरकोट अब पुरानै अवस्थामा फर्किसकेको सन्देश दिँदै पाहुनाहरुलाई निमन्त्रणा गर्नका लागि सिग्नेचरको संयोजनमा स्टेज पर्फमर किङ्गले चर्चित सविन एण्ड टिमलाई ल्याउन लागिएको एमएच लाउन्जका प्रोप्राइटर जीवन मेन्याङ्गबो लिम्बूले जानकारी दिए । राईसँगै धरानका चर्चित व्याण्डहरुको प्रस्तुति समेत रहने साङ्गीतिक कार्यक्रम साँझ ७ बजेदेखि राति १० बजेसम्म हुने लिम्बूले जानकारी दिए ।