Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा

धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गरिने भएको छ ।
शुक्रबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरिए पनि मतदान भने आइतबार गर्ने सहमति बनेको जानकारी दिए । मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । प्रस्तावमाथि आइतबार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र वागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend