Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना: मन्त्री खड्का

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७८, शनिबार
प्रदेश १ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना: मन्त्री खड्का

विराटनगरः परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने बताए । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज’ मा निर्णय गरिने बताए ।
उनले प्रदेश १ र वाग्मतीमा आधा, आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको प्रष्टीकरण दिए । मन्त्री खड्काले कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए ।
मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए । एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए ।

प्रकाशित मिति: कार्तिक ६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend