Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन्त्री डा. नारायण खड्का

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७८, शनिबार
धरानमा मन्त्री डा. नारायण खड्का

धरानः परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हरेक परिवर्तनसँगै निर्णायक भूमिकामा नेपाली कांग्रेसको अपरिहार्यता भएको बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. खडकाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि लिएर २०४६ सालको जनआन्दोलन तथा ०६२–०६३ को दोस्रो जनआन्दोलनमा नेपाली कांग्रेसको भूमिका अग्र स्थानमा रहेको दाबी गर्दै नेपाली काँग्रेसकै सरकार हुँदा प्रधानमन्त्री सुशिल कोइरालाको पालामा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधानले सार्थकता पाएको बताए । उनले कांग्रेसबिना देश नचल्ने दावी पनि गरे ।
आफ्नो गृह जिल्ला उदयपुर हिँडेका मन्त्री डा. खड्का धरान आउने क्रममा नेपाली कांग्रेस धरान नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले दुई तिहाइको कम्युनिष्ट सरकारले देश राम्ररी चलाउन नसकेको उदाहरण पेश गर्दै अब नेपाली कांग्रेसले राज्य सञ्चालनमा आफ्नो अपरिहार्यता महसुस गरी काम गर्नुपर्ने बेला आएको बताए । उनले कार्यकर्तालाई गुटउपगुटमा नलागी एक भएर आगामी निर्वाचनमा नेपाली कांग्रेस एक भएर लाग्नुपर्ने बताए ।

उनले कम्युनिष्ट बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि दुई दुई पटक संसद विघटन गरेको प्रसङ्ग कोट्याए । उनले कम्युनिष्टकै कारण देश अराजकतातर्फ उन्मुख भएको समयमा कांग्रेसले अहिले सरकार चलाएको बताउँदै अहिले अराजकताको अन्त्य भएको दाबी समेत गरे ।
मन्त्री डा. खड्काले कांग्रेसको राष्ट्रिय अधिवेशन आगामी मंसिरभित्र गरिसक्ने समेत बताए । नेपाली कांग्रेस धरान नगरसमितिका सभापति श्याम पोख्रेलको सभापत्विमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय नेकांका केन्द्रीय सदस्य एवं संघीय सांसद मिना सुब्बा, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठलगायत जिल्लास्तरीय, नगरस्तरीय, प्रदेशस्तरीय र केन्द्रीय स्तरीय कार्यकर्ताको उपस्थिति रहेको थियो । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: कार्तिक ६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend