Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
उनले विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
शेरधन राईले राजीनामा दिएपछि आचार्य १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएर १० सांसद एकीकृत समाजवादीतिर लागेपछि उनी अल्पमतमा परेका हुन् ।
प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत नभएकाले उनले विश्वासको मत पाउने सम्भावना कम छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन्। यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका छन्। कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका हुन्।
आचार्यले विश्वासको मत लिन लाग्दा डा. कोइरालाले नेपाली कांग्रेसका नेतृत्वमा प्रदेश सरकार गठन गरिनुपर्ने अडान व्यक्त गरेका हुन्।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend