Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साङ्गीतिक चहलपहल, सविन राईले उफारे धराने दर्शक

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७८, सोमबार
धरानमा साङ्गीतिक चहलपहल, सविन राईले उफारे धराने दर्शक

धरानः स्टेज पर्फमर किङ सविन राईले शनिबार वगरकोट तताएका छन् ।
लकडाउनका कारण लामो समयदेखि साङ्गीतिक कार्यक्रम नभएको खडेरीलाई तोड्दै धराने दर्शकलाई राईले उफारेका छन् । राईले आफ्नो टिम द प्यारोको साथमा धरान १५ बगरकोटस्थित एमएच लाउन्ज एण्ड बारको हलमा लाइभ प्रस्तुतिमार्फत उपस्थितलाई मनोरञ्जन दिलाएका हुन् ।
उनले नयाँ र पुरानो गरी डेढ दर्जन आफ्ना गीतहरु पस्किएका थिए । सिग्नेचर सविन राई एण्ड द प्यारो नेपाल टुर अन्तर्गत धरानमा भएको कार्यक्रमको टिकट कार्यक्रमको अघिल्लो दिन नै बुकिङ हुनुले पनि सविन राईको क्रेज झल्किएको थियो ।
२ सय ५० वटा टिकट इस्यु गरेको केही समयमा नै टिकट र एमएचको सम्पूर्ण टेबल बुकिङ फुल भएको एमएचका सञ्चालक जीवन लिम्बूले जनाए । सविन राईको क्रेज र लामो समय धरानमा साङ्गीतिक कार्यक्रम नभएकोले पनि टिकट तुरुन्तै बिक्री भएको लिम्बूले जानकारी दिए ।
अत्याधिक दर्शकको उपस्थितिको कारण मेन गेट बन्द गरेपनि राईका प्रस्तुति शुरु भइसक्दा समेत प्रवेशको लागि दर्शकहरुको गेटमा घुइँचो लागेको थियो । राईको प्रस्तुति अघिदेखि नै दर्शकले सविनको नाम लिदै हललाई गुञ्जयमान बनाएका थिए ।
साढे ८ बजेदेखि १० बजेसम्म प्रस्तुति दिएका सविनको हरेक प्रस्तुतिमा दर्शकले सँगै गाएर साथ दिएका थिए । राईको प्रस्तुति सकेपछि पनि लामो समय दर्शकले वान्समोर भन्दै हुटिङ गरिरहे । दुई सय ५० जनाको क्षमता भएको हलमा ५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । नेपला टुर अन्र्तगत राईको टिमले कार्तिक ५ गते शुक्रबार बिर्तामोडबाट सुरुवात गर्दै धरान आएका हुन् । यसपछि ९ गते चितवन, १० गते बुटवल, १३ गते पोखरा र २७ गते काठमांडौमा प्रस्तुति दिँदै टुरको समापन हुने व्याण्डका म्यानेजर बिनोद लामाले जानकारी दिए । कार्यक्रममा राईको प्रस्तुतिअघि स्थानिय कलाकार केशव राईको प्रस्तुति रहेको थियो ।
तस्वीरः मनोज चाम्लिङ राई

प्रकाशित मिति: कार्तिक ८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend