Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-३ की महिला कारागार चलान

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७८, सोमबार
धरान-३ की महिला कारागार चलान

धरानः फरार प्रतिवादी धरान उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीया रानीकुमारी साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार पक्राउ गरी जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ । उनलाई बैकिङ कसुर मुद्दामा मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ महिना कैद तथा .५ लाख जरिवाना तोकिएको थियो ।
लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकी साहलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend