Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ बाट गाँजासहित युवा समातिए

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
धरान-१३ बाट गाँजासहित युवा समातिए

धरानः धरान उपमहानगरपालिका १३ सूर्यमार्गबाट गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउँपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ वर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् । सोमबार साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको डिएसपी नरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend