Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरद्वारा खेलाडीको विदाइ

हाम्रो कोशी आवाज
कार्तिक १० २०७८, बुधबार
धरान उपमहानगरद्वारा खेलाडीको विदाइ

धरानः धरान उपमहानगरपालिकाको महिला खेलाडीहरु उपमेयर कप फुटबल प्रतियोगिताको लागि काठमाडौं प्रस्थान गरेका छन् ।
ललितपुरको सातबाटोस्थित एन्फाद्वारा सञ्चालन भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको लागि मङ्गबार काठमाडौं प्रस्थान गरेका हुन् ।
मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राई, कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, शिक्षा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वालले खेलाडीहरुलाई फूलमाला लगाएर विदाइ गरेका थिए । महिला खेलाडीहरु जिनु राई, सुस्मिता राई, आयुषा राई, समिक्षा मगर, प्रतीक्षा राई, सुमित्रा मगर, अञ्जु प्रधान, टेरेसा मगर, सुमिना मगर, आयुना लिम्बू, आशिका बोहोरा, कोपिला लिम्बू, बविता विश्वकर्मा, रमिला राई, ओङबुहाङमा सुबरा राई, सीमाकुमारी आले, तान्छु लिम्बू, अमिक्षा राई, आरती खवास, सुस्मिता लिम्बू काठमाडौं प्रस्थान गरेका छन् ।

यस्तै, उनीहरुको साथमा उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राई, नगर खेलकुद विकास समितिका सदस्य सतिष केसी, महिला फुटबल प्रशिक्षक भगवती रानामगर र डिल्लीराम श्रेष्ठ गएका छन् । मेयर राईले खेलाडीहरुलाई जीतको शुभकामना दिँदै इतिहासमै पहिलोपटक धरान उपमहानगरपालिकाको नेतृत्व गरेर महिला खेलाडीहरु फुटबल प्रतियोगिता सहभागी हुन गएको बताए । धरानले कार्तिक ११ गते बिहीबार दिउँसो ३ बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने कार्तिक १५ गते दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।

प्रकाशित मिति: कार्तिक १० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend