धरानः धरानमा संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला सम्मेलन हुने भएको छ ।
मञ्चले धरानमा बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन गर्नेबारे जानकारी गराएको हो । यही कार्तिक २६ गते धरान–१५ स्थित होटल इजिराइडर्स हलमा आयोजना सम्मेलन गरिने पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।
सम्मेलनका तयारीका लागि इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरिएको छ । जसमा सदस्य सचिवमा निर्मल राई, अर्थ संयोजकमा डम्बर थक्लुङ, सदस्यहरुमा सञ्जुहाङ साँवा, मनोहर थलङ, इन्दु नेम्वाङ र जिवाइल मन्सुरी रहेका छन् ।
त्यसैगरी प्रचार प्रसार तथा जनपरिचालन संयोजजकमा रमेश राई र अनुगमन समिति संयोजकमा भुपेन्द्रसुन्दर लावती रहेका छन् । जिल्ला भरीबाट २ सय जना प्रतिनिधि र पर्यवेक्षक रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदेशको संरचना १० प्लस १ को मोडलमा आफ्नो पार्टी रहेको बताउँदै इजमले सम्मेलनले सवल सक्षम नेतृत्व चयन गर्ने जानकारी दिए । कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष कुमार लिङदेनले गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।