Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान गल्फमा वीरेन्द्रविक्रम आए

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
धरान गल्फमा वीरेन्द्रविक्रम आए

धरानः धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशनबाट वीरेन्द्रविक्रम लिम्बूको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।
क्लबको उपाध्यक्षमा जीतेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षमा सुशीला राई निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा जंगमोहन राई, बमप्रसाद लिम्बू, शुभध्वज लिम्बू, तुलसीराम आङ्देम्बे, झुना राई र शुक्रबहादुर राई मनोनित भएका छन् ।
शनिबार धरान गल्फ क्लबको सभाहलमा नेपाल गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवं मेयर तिलक राईको प्रमुख आतिथ्यतामा धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । साधारसभामा धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राईले १२ औं अधिवेशन यताको आर्थिक आय व्यय प्रस्तुत गरेका थिए । मेयर राईले प्रदेश नं. १ को एकमात्र गल्फ कोर्ष धरानमा रहेको बताउँदै यसको संरक्षण गर्न एकजुट भएर लाग्नुपर्ने बताए ।
मेयर तिलक राईको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल बनेको थियो । निर्वाचन मण्डलमा सदस्यहरु धरान गल्फ क्लबका निर्वतमान अध्यक्ष टिका लिम्बू, सल्लाहकार एसपी भीम दाहाल, लेखीराज सुब्बा र विष्णुकुमार राई रहेका थिए ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend