धरानः धरानस्थित भानुचोकमा एकजना पुरुष मृत फेला परेका छन् ।
भानुचोकमा रहेको तल्लो चौतारी छेऊमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ४५–५० वर्षको एकजना पुरुष मृत भेटिएको वडा प्रहरी कार्यालय सई पूर्णबहादुर जोशीले जानकारी दिए । ‘अहिले बुझ्दैछौं’, उनले भने, ‘साथमा केही कागजात पनि नभेटिएकोले पहिचान हुन सकिरहेको छैन ।’
उनको साथमा ज्वरो आउँदा सेवन गर्ने औषधि फेला परेको उनले जानकारी दिए । ‘चप्पल लगाएर लौरो टेक्दै आएको जस्तो देखिएको छ’, उनले भने, ‘उनको साथमा औषधि समेत फेला परेको छ ।’ उनले शवको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए ।
