Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरद्वारा पत्रकारसँग पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७८, सोमबार
धरान उपमहानगरद्वारा पत्रकारसँग पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपाल पत्रकार महासंघ सुनसरीको भवनमा थप कामको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सोमबार पहिलोपटक धरान उपमहानगरपालिकाले आयोजना गरेको सञ्चारकर्मीहरुसँग भेटघाट तथा शुभकामना कार्यक्रममा मेयर राईले यस्तो घोषणा गरेका हुन् । धरान उपमहानगरपालिकाले पहिलो पटक चाड पर्वमा सञ्चाकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो । यसअघि धरान उपमहानगरपालिकामा यस्तो परम्परा थिएन ।
मेयर राईले दशैं, तिहार, छठ पर्वको शुभकामना दिँदै चाडपर्वको अवसरमा सञ्चाकर्मीहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए । श्रमजीवी पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्नेगरी र सञ्चार संस्थाहरुलाई सहयोग गर्ने विषयमा तिहारपछि छलफल गर्ने मेयर राईको भनाई थियो । मेयर राईले कार्यक्रममा उपमहानगरपालिकाले गरेका गतिविधिहरु उपमहानगरपालिकाको बेवसाइटमा अपडेट गर्न पनि सूचना शाखालाई निर्देशन दिए ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासंघका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, खेलकुद पत्रकार महासंघ सुनसरीका अध्यक्ष रत्न आचार्य, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ, महिला पत्रकार गंगा बराल, मनिता चाम्लिङलगायत पत्रकारहरुले धन्यवाद प्रकट गरेका थिए । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: कार्तिक १५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend