धरानः धरानलगायत सुनसरी जिल्लामै राति १० बजेसम्म मात्र तिहारको देउसीभैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार देउसीभैलो, नाचगानलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनले देउसीभैलो कार्यक्रमहरु मर्यादित र अनुशासितरुपमा सञ्चालन गर्न पनि आग्रह गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै देउसीभैलो खेल्न समेत आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी अपिलमा पटका, अतिसबाजी, झिरझिरे, भुइचम्पाजस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्रीवितरण नगर्न पनि आग्रह गरेको छ ।
