धरानः तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने बरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।
ज्यो. सुवेदीका अनुसार यसपटकको लक्ष्मीपूजाको शुभ साइत १८ गते साँझ १७ः५५ बजेदेखि १८ः५३ बजेभित्र रहेको छ । आफ्नो प्रस्तुतिमा ज्यो. सुवेदीले शुद्धमन विचार एवं चिन्तन र सकारात्मक सोच राखेर आफू जहाँ जुन अवस्थामा रहनुभएको छ र त्यहाँ उपलब्ध हुनेसक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने उनले बताए । पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैले पूजा गर्न सकिने विधि, यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुन सकेन भने मानसिक पूजा गर्नसकिने विधिलगायतका बारेमा पनि उनले बताएका छन् ।