Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कुटपिटबाट श्रीमतीको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७८, मंगलबार
धरानमा कुटपिटबाट श्रीमतीको मृत्यु

सुनसरीः धरान उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ ।
गत कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । घाइतेलाई केहीदिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । ‘खासमा उनीहरुबीच घरायसी झगडा भएको पाइयो’, डिएसपी कुँवरले थपे, ‘अहिले पनि अनुसन्धानकै प्रक्रियामा छौं, उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ, थप कारण खुलिहाल्छ ।’

प्रकाशित मिति: कार्तिक २३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend