Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा प्रमुख फेरिए

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७८, मंगलबार
प्रदेश १ मा प्रमुख फेरिए

विराटनगरः सरकारले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्यासीलाई बर्खास्त गरी पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् । उनी पूर्वसभासद पनि हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अहिले सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश १ मा प्यासी प्रदेश प्रमुख थिए। उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।

प्रकाशित मिति: कार्तिक २३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend