Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-५ का जेष्ठ नागरिक सम्मानित

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७८, बुधबार
धरान-५ का जेष्ठ नागरिक सम्मानित

धरानः धरान–५ तल्लो देउरालीस्थित साम्याङ मार्ग उपभोक्ता समितिद्वारा ७० वर्षभन्दा माथिका ६ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा ८५ वर्षीय बमबहादुर चेम्जोङ लिम्बू, ७७ वर्षीया लक्ष्मीदेवी लिम्बू, ७६ वर्षीया दोर्जमाया कुलुङ राई, ७५ वर्षीया बुद्धमाया लिम्बू, ७३ वर्षीया विष्णुमाया राई र ७० वर्षीया जुनकुमारी लिम्बू रहेका छन् ।
उनीहरुलाई शुभदिपावलीमा आयोजित देउसी कार्यक्रमको समापनका अवसरमा सो सम्मान गरिएको हो । समितिका अध्यक्ष स्वर्णिमहाङ फोम्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा समितिका कोषाध्यक्ष अमरराज आङबुहाङले आयव्यय प्रस्तुत गरेका थिए भने कार्यक्रममा सूर्यकुमार राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

प्रकाशित मिति: कार्तिक २४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend