Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विकले छाडे एमाले

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
धरानमा विकले छाडे एमाले

धरानः धरानमा नेकपा एमालेको विवादले उग्ररुप लिँदै गएको छ । यस्तै, विवाद सुनसरीसम्म पनि पुगेको छ ।
दुई समूह मिलेर छुट्टाछुट्टै कमिटी बनाएको धरानमा अहिले झन विवाद बढ्दै गएको छ । यस्तै, सुनसरीमा पनि विवाद तीब्र छ ।
यसै क्रममा धरान नगर सचिवालय सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य गोविन्द विकले एमाले छाडेको घोषणा गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन् । उनले आफूले एमाले चटक्कै छोडेको बताएका छन् । ‘एमाले केही व्यक्तिहरुको कम्पनीजस्तो भइसकेको छ’, उनले भने, ‘त्यही भएर एमालेमा नफर्किने गरी चटक्कै छाडेको छु ।’
विज्ञप्तिमा भनिएको छ, ‘सीमित व्यक्तिगत स्वार्थका कारण पार्टीका इमान्दार नेता, कार्यकर्ता अपमानित र निराश पार्ने नेताहरुको पछि लागिरहनु उचित नभएको हुनाले कार्तिक २५ गतेबाट नफर्किने हिसाबले एमाले छोडेको घोषणा गर्दछु ।’
अब कुन पार्टीमा प्रवेश गर्ने भन्नेबारेमा आफू सरसल्लाहमै रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend