धरानः धरानमा जाडो मौसमको शुरुवात हुन थालेको छ । साँझबिहान त धरानमा निक्कै चिसो महसुस हुन थालेको छ ।
यसैबीच चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालकी कोच तथा चर्चित गायिका तृष्णा गुरुङले धरान तताउने भएकी छिन् ।
धरानमा ‘फ्रेन्ड्स म्युजिकल नाइट’मा उनले विभिन्न गीत प्रस्तुत गर्दै धराने दर्शकलाई तताउने भएकी हुन् । कार्तिक २६ गते अर्थात् भोलि शुक्रबार तृष्णा गुरुङको गायन प्रस्तुति रहनेछ । उनी युवापुस्ता माझ लोकप्रिय गायिका हुन् ।
धरान–९ पुतली लाइनस्थित फ्रेन्ड्स गार्डेनले आयोजना गरेको कार्यक्रममा तृष्णाका गाइने दाजैले, माया पिरती, माया मनभरी लगायतका लोकप्रिय गीत पस्किने सञ्चालिका शारदा लिम्बूले जानकारी दिइन् ।
साथै बादल लिम्बू, निमा तामाङ, अनिस सुब्बा, डीजे एल्विना लिम्बूलगायतको पनि प्रस्तुति रहने उनले जानकारी दिइन् । साँझ ७ देखि रातको १० बजेसम्म नाइटमा आयोजना हुने आयोजकले जनाएको छ । नाइटमा दर्शकले भरपुर मनारञ्जन लिन सक्ने सञ्चालक लिम्बूको भनाई रहेको छ ।

