धरानः वरिष्ठ वित्तीयकर्मी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेतले मिस प्रदेश १ र पूर्वाञ्चल सिङ्गीङ स्टारको लागि साथ दिने भएकी छिन् ।
उनले सो प्रतियोगिताका लागि मुख्य प्रायोजनको जिम्मा लिएको आयोजक संस्थाका अध्यक्ष तथा गायक भक्तिराज राईले जानकारी दिए । ‘काठमाडौंको कीर्तिपुरलगायत पूर्व–पश्चिम सबैतिर उहाँको ठूलो योगदान छ, प्रदेश १ को कार्यक्रम सफल बनाउन उहाँ लागिपर्नुभएको छ ।’ उनले भने ।
धरानमा मिस स्टेट १ र पूर्वाञ्चल सिङ्गीङ स्टार प्रतियोगिताको फाइनल हुन लागेको कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले जानकारी दिइन् । कोरोनाका कारण गत वर्ष यी कार्यक्रम रोकिएको थियो । यस वर्ष मंसिर १८ गते शनिबार दुवै प्रतियोगिताको फाइनल धरान सभागृहमा आयोजना हुने आयोजकले जनाएको छ ।
को हुन् सुमित्रा ?
सामाजिक अभियन्ता एवम् समाजसेवी उनी सफल महिला उद्यमी हुन् । उनी सुनवस्ती विकास कम्पनी प्रालिकी म्यानेजिङ डाइरेक्टर रहेकी छिन् । विगत डेढ दशकदेखि सेवामूलक व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भई वित्तीय क्षेत्र तथा विभिन्न संस्थामा प्रत्यक्ष संलग्न भई उनी सम्मानित भइसकेकी छिन् । उनी ‘राष्ट्रिय आदर्श नारी सम्मान २०७६’ बाट सम्मानित भएकी छन् ।
११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विगत दुइ दशकदेखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापूर्वक लागि नेपाली नगारिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गर्दै आएको र आफू संलग्न क्षेत्रको माध्यममार्फत मुलुकको आर्थिक विकास, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पवित्र सेवाभावले कार्य गर्दै आएको र सेवामूलक व्यवसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मूल्याङ्कन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति परमानन्द झाको बाहुलीबाट ‘राष्ट्रिय आदर्श नारी सम्मान २०७६’ बाट सम्मानित गरिएको थियो ।
सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरणमार्फत् राष्ट्रप्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुरयाएको विशिष्ट योगदानस्वरुप बस्नेत विभिन्न दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेकी छन् ।
उनले कीर्तिपुर नगरपालिकाबाट उपमेयरको लागि दाबेदार गरेकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उनी कीर्तिपुर नगरपालिकामा उपमेयर पदको लागि दावी गरेकी थिइन् । बस्नेत एक निडर, हक्की स्वभावकी, स्वच्छ छवी तथा स्पष्टवक्ता नेत्री तथा समाजसेवीको रुपमा परिचित समेत छिन् ।
कीर्तिपुर साँस्कृतिक, धार्मिक तथा पर्यटकीयरुपले पनि धनी नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतनास्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता बस्नेतको आवश्यकता रहेको कीर्तिपुरबासीहरुले बताउँदै आएका छन् ।