Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फाइनल मंसिर १८ गते

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
धरानमा फाइनल मंसिर १८ गते

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको सिङ्गीङ स्टार र मिस प्रदेश १ को आठौं र तेस्रो संस्करणको फाइनल चरणको फाइनल प्रतियोगिता मङ्सिर १८ गते आयोजना हुने भएको छ ।
कोरोना कहरका कारण दोस्रोपटक रोकिएको प्रतियोगिता फाइनल धरानस्थित सभागृहमा मङ्सिर १८ गते आयोजना हुने आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष गायक भक्तिराज राईले फाइनल प्रतियोगिताको तयारीमा लागिएको जानकारी दिए ।
फाइनल गत वैशाखको अन्तिम साता गर्ने तयारी थियो तर फाइनलिष्टहरू बन्द प्रशिक्षणमै रहेको र निषेधाज्ञाका कारण प्रतियोगिता रोकिएको थियो ।
‘खासमा दुई वर्ष यो प्रतियोगिता रोकियो, कोरोनाको दोस्रो लहरका कारण फेरि प्रतियोगिता रोकिन गएको थियो, त्यही प्रतियोगिताको फाइनल हुन लागेको हो ।’ उनले भने ।
गायनतर्फ भोजपुर, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, पाँचथरका प्रतिस्पर्धी छन् । सिङ्गीङमा टप १० छन् भने मिस प्रदेशमा ११ जना प्रतिस्पर्धी छन् ।
उनका अनुसार गायनतर्फ बबिता गुरुङ, अर्जुन राई, अजुमा राई, निशा खपाङ्गी, रिजन लोहोनी, अर्जुन राई, पवित्रा राई, कल्पना तामाङ, अनुष्का ढकाल र सन्तोष लिम्बू टप १० का फाइनलिष्ट हुन् ।
यस्तै, सौन्दर्य प्रतियोगिता मिस स्टेट सिजन–३ को धरान अडिसनबाट दुर्गा श्रेष्ठ (संखुवासभा), लेस्ली लिम्बू (धनकुटा), सम्झना राई (खोटाङ), स्वेता भुजेल (सुनसरी), सबिना राई (मोरङ), सुजाता राई (खोटाङ), झरना लिम्बू (धनकुटा), मिश्रा राई (भोजपुर), अम्बिका राई (उदयपुर), जमुना लिम्बू (ताप्लेजुङ) लगायत छनौटमा परेको कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले जानकारी दिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । यस्तै, सहप्रायोजनमा बराह ग्रुप रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउण्ड सुन्दर साउण्ड धरान, रेडिकल लाइट नेपाल प्रालि, पाथिभरा फ्लेक्स, एम्स एकेडेमी, इष्टर्न एजुकेशनल एकेडेमी, सगरमाथा एसडी कलेज, सुनाखरी एकेडेमी, लोटस इङ्लिस बोर्डिङ स्कुल, हिमालय ग्रिन टी रहेको छ ।
यस्तै, एजुकेशनल पार्टनर मेघा कलेज धरान रहेको छ । यस्तै, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम, रेडियो धरान, दन्तकाली एफएम रहेका छन् ।
बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान केन्द्रका अध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend