Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारी छाप कीर्ते गर्ने समातिए

हाम्रो कोशी आवाज
मंसिर ३ २०७८, शुक्रबार
सरकारी छाप कीर्ते गर्ने समातिए

धरानः सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो । सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति: मंसिर ३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend