Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ३ २०७८, शुक्रबार
छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

ताप्लेजुङः ताप्लेजुङको फङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङतर्फ आउँदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्लाका २७ वर्षीय पुष्प विक रहेका छन् । बिहीबार बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका विकको उपचारको लागि बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यस्तै, विराटनगरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कोशी राजमार्गको विराटनगर–४ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा जनकपुर–३ का २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी प्र.२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकलमा सवार थिए । ठक्करले गम्भीर घाइते उनको उपचारका लागि कोसी अस्पताल लगिएकामा चिकित्सकले केहीबेरपछि मृत घोषणा गरेका थिए ।
यसैबीच झापाको झापा गाउँपालिका ६ भृकुटी चौककी ६२ वर्षीया हरिमाया विकको करेन्ट लागेर मृत्यु भएको छ । हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend