Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा १२ देखि १८ वर्षसम्मका बालबालिका र किशोरीले खोप लगाउन पाउने

हाम्रो कोशी आवाज
मंसिर ५ २०७८, आइतबार
धरानको बीपी प्रतिष्ठानमा १२ देखि १८ वर्षसम्मका बालबालिका र किशोरीले खोप लगाउन पाउने

धरानः दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।
आइतबारदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।
उनकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्षमुनिका बालबालिकाले खोप पाउने छन् । फाइजर खोपका लागि सरकारले यसअघि तोकेको २४ वटा अस्पतालमा जानुपर्ने हुन्छ । हिजोसम्म यो खोप १२ वर्षदेखि १८ वर्ष मुनिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । दीर्घ रोग भएकाहरुलाई दिएर खोप बाँकी रहेकाले अन्यलाई पनि यो खोप दिन लागिएको हो ।
कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गएको कात्तिक २८ गतेदेखि दीर्घ रोग भएकालाई लगाउन थालिएको थियो ।

प्रकाशित मिति: मंसिर ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend