विराटनगरः मोरङको बुढीगङ्गा गाउँपालिका ४ स्थित बागमती मोलडिङ इन्ड्रेष्ट्रीज प्रालिमा काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।
हातखुट्टा धुन भनी सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भई उपचारको लागि विराट मेडिकल कलेज गंगाचौक लगिएको थियो । घाइते खवासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।