Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानका मेयरले दिए केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

हाम्रो कोशी आवाज
मंसिर ६ २०७८, सोमबार
अन्ततः धरानका मेयरले दिए केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्सिर ७ गते (मङ्गलबार) हुन गइरहेको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा कांग्रेसबाट मेयर बनेका तिलक राईले क्षेत्रीय सभापति पदको उम्मेद्वार फिर्ता लिएका छन् ।
सोमबार धरानका मेयर समेत रहेका राईले आफूले क्षेत्रीय सभापति पदको उम्मेद्वार फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन् । स्थानीय पार्टीको भूमिका निर्माण गर्ने क्रममा सबैको सल्लाह-सुझाव अनुसार भोली (मङ्गलबार) सम्पन्न हुने क्षेत्रीय अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेद्वारी रहेको समेत जानकारी दिए ।
उनले पार्टीका शुभचिन्तक, शुभेच्छुक, सहकर्मी, अग्रज नेतालगायत क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुको सल्लाह र मनोविज्ञानलाई ध्यानमा राखेर आफूले क्षेत्रीय सभापति पदको उम्मेद्वारीको दाबीलाई फिर्ता लिने निर्णय गर्न पुगेको बताए ।

 

प्रकाशित मिति: मंसिर ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend