धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना शुरु भएको छ ।
धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणना शुरु भएको हो । मतदान अधिकृत इन्द्रमोहन झाका अनुसार मतगणनाको प्रारम्भिक परिणामअनुसार २०० मत गन्दा सुजेन्द्र तामाङले १३३ र उनका प्रतिद्वन्द्वी लक्ष्मी खतिवडाले ६५ मत ल्याएकी छिन् ।