Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राज्यबाट हेपिएको धरान

हाम्रो कोशी आवाज
मंसिर १० २०७८, शुक्रबार
राज्यबाट हेपिएको धरान

धरानः धरान आफैंमा सुन्दर, सफा, मिलेर बसेको सहर हो । यहाँ सौहाद्रपूर्ण वातावरणमा मानिसहरु बस्छन् । धरान धरानेहरुको पाखुरीबाट बनेको सहर हो ।
तर धरानमा धेरै कुराहरु विस्थापित हुँदै गएका छन् । धेरै कुरा धरान हेपिएको छ, यहाँबाट धेरै कार्यालयहरु गएका छन् । धेरै कुरा गएपनि धरानेलाई थाहा हुँदैन, गयो भन्ने पनि थाहा हुँदैन, थाहा भएपनि वास्ता हुँदैन । धरान–१६ मा मेडिकल कलेज थियो, त्यो गयो । अञ्चलाधीश कार्यालय थियो, त्यो पनि गयो । धरानेलाई थियो भन्ने पनि थाहा छैन, गयो भन्ने पनि थाहा भएन । यस्तै, अन्य सरकारी कार्यालयहरु पनि धेरै गए ।
भन्दाखेरी हामी तात्तिएर हामी धराने भन्छौं तर व्यवहारमा छैनौं । यी सबै कुरा हेर्दा धरानले सपना नदेखेर अरुले पो सपना देखिरहेको हो कि भन्ने लाग्छ । गएपनि कसैलाई चासो छैन । नगएपनि छैन । विकास निर्माण भन्ने कुरा समयले निर्धारण गर्ने कुरा हो । मुख्य कुरा स्वास्थ्य, शिक्षा, पर्यटनमा अगाडि हामीहरु त्यसलाई व्यवहारतः अगाडि छैनौं । यसमा धेरै कुरा गर्न बाँकी नै छ ।
एकादेशमा धरान थियो भन्ने अवस्थामा पुग्नु दुःखद् हो । इटहरी कहाँ पुग्यो, हामीलाई इटहरी किन त्यहाँ पुग्यो र यत्रो विकास गरयो भन्ने होइन, आरिस गर्ने समय छैन तर पनि इटहरी त्यहाँ पुग्दा धरानचाहिँ कहाँ पुग्यो ?
सरकारी पक्षबाट जहिलेपनि हेपेको धरान हो । अहिले पनि हेपिएको हेपियै छ । अपहेलित, उपेक्षित सहरलाई जोगाउन धराने उठ्नुपर्छ, जाग्नुपर्छ । यसको लागि निःस्वार्थ भावनाले सबै लाग्ने हो भने सम्भव छ । धरान हाम्रो हो भनेर लाग्ने हो भने पक्कै धरान बन्छ । म धराने, मेरो धरान भन्ने भावना सबैमा जाग्नुपर्छ । धराने तात्तिनुपर्छ ।
धरानका पूर्व नगर प्रमुखका उम्मेद्वार राजविमल श्रेष्ठसँग गरिएको भिडियो कुराकानीः

प्रकाशित मिति: मंसिर १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend