Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राष्ट्रिय विभूति फल्गुनन्दप्रतिको आस्था

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
राष्ट्रिय विभूति फल्गुनन्दप्रतिको आस्था

इलामः इलामको चुलाचुली गाउँपालिका कमलमा माङ्गेना हिमको उद्घाटन भएको छ ।
शुक्रबार फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा सञ्चालित फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको छैटौं वार्षिकोत्सव तथा तेस्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७८ औं जन्मजयन्तिको अवसरमा आयोजित एक भव्य कार्यक्रमका बीच सो हिमको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले सो हिमको उद्घाटन गरेका छन् । कार्यक्रममा १० गते एकदिनको लागि चुलाचुली गाउँपालिकाले एकदिनको विदा समेत दिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले बहुभाषिक पाठशालाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जन्मजयन्तिसँगै मानव जातिकै माङ्गेना चोत्लुङ (शिर उठाउनी, ग्रहशान्ति) पनि आयोजना भएको थियो । फल्गुनन्द सेवा सङ्घका अध्यक्ष डम्बरकुमार तुम्बापोले माङ्गेन्ना हिमको उद्घाटन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम साथै फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको वार्षिकोत्सव मनाएर कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
उनले ‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको जानकारी दिए ।
फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलाम वर्षेनी मङ्सिर १० गते जन्मजयन्ति साथै अन्य विविध कार्यक्रम आयोजना गर्दै आएको छ । सङ्घले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ । पाठशालामा प्रदेश १ सरकारले एकजना र स्थानीय सरकारले एकजना शिक्षक उपलब्ध गराएको छ ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, सहयोग गर्ने तथा पत्रकारलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकार राष्ट्रिय गायक विकास लिम्बू, राष्ट्रिय डान्सर प्रितम सम्वाहाम्फेलगायत स्थानीय कलाकारले पनि मनोरञ्जन दिलाए ।
भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भएको थियो ।
२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । संस्थाको मुख्य उद्देश्य नेपालका १६ औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु हो ।
यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो भने २०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम वार्षिक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मानलगायतको कार्यक्रम राखिएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend