Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुलबाट झन्डै खस्यो बस

हाम्रो कोशी आवाज
मंसिर १२ २०७८, आइतबार
पुलबाट झन्डै खस्यो बस

बिर्तामोडः झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु र २२ जना घाइते भएको डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको हो । अन्य घाइते भएकाहरुमध्ये ११ जनाको बिएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पत्ती भाँचिएर अनियन्त्रित भएको बस पुलको उत्तरतर्फको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको थियो । अगाडिको एउटा चक्का पुलको रेलिङ भत्काएर झुण्डिएको बस खोलामा खस्नबाट जोगिएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend