ताप्लेजुङः ताप्लेजुङको पाथिभरा मन्दिर परिसर च्याब्रुङको स्तम्भ बनाइएको छ ।
परम्परागत संस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक सहयोगमा चौतारी निर्माण गरिएको निर्माणमा खटिएका भक्त लिम्बूले जानकारी दिए । २७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चौतारी पाथीभरा प्रवेशद्वारको बाहिर रहेको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा बालुवा, सिमेन्टलगायतका सामग्री लगेर निर्माण गरिएको हो ।