Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको रामधुनीमा ट्याक्टर दुर्घटना

हाम्रो कोशी आवाज
मंसिर १३ २०७८, सोमबार
सुनसरीको रामधुनीमा ट्याक्टर दुर्घटना

धरानः सुनसरीको रामधुनी–६ कान्छी चोक–चतरा सडक खण्डमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
आइतबार राति रड लोड गरेको ट्याक्टर दुर्घटनामा पर्दा सहचालक सुनसरीकै चक्रघट्टी निवासी २२ वर्षीय मुकेश मलाहको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । आइतबार राति ८ः२० बजे ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
कालाबञ्जारतर्फ जाँदै गरेको को२त ६४८७ नम्बरको रड बोकेको लोड ट्याक्टर आफै अनिन्त्रित भई रोडको विपरीत दिशामा गई दुर्घटना भएको थियो । ट्याक्टरको पछाडिको ट्रली पल्टिँदा सहचालक मुकेश गम्भीर घाइते बनेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका ट्याक्टर चालक सुनसरीको बराह–८ का २३ वर्षीय साने उराउको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend