Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोधुली कप फुटबल पुस २४ गतेदेखि हुने

हाम्रो कोशी आवाज
मंसिर १४ २०७८, मंगलबार
गोधुली कप फुटबल पुस २४ गतेदेखि हुने

धरानः गोधुली क्लबको आयोजना प्रत्येक वर्ष धरानमा आयोजना भइरहेको गोधुली कप फुटबल प्रतियोगिता यसवर्ष पुस २४ गतेदेखि हुने भएको छ ।
क्लबका पदाधिकारीकारी, सल्लाहकार तथा संस्थापकहरुको संयुक्त बैठकले यसवर्ष हुने २२ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपको आयोजना यही पुष २४ गतेदेखि माघ ८ गतेसम्म गर्ने निर्णय गरेको छ । धरान–१७ को गोधुली क्लबले धरानका वडाहरुको टिमलाई प्रतियोगितामा सहभागीता गराउँदै आएको छ ।
धरानबाट व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । गतवर्षको बिजेतालाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।
यसवर्ष पुरस्कार रकम वृद्धि गर्ने लक्ष्य लिइएको भएपनि कति पुरयाउने भन्ने निर्णय नभइसकेको आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । गतवर्ष १४ नं. वडाले उपाधि जितेको थियो भने १६ नं. वडा उपविजेता भएको थियो ।

प्रकाशित मिति: मंसिर १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend