Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजको विदाइ र स्वागत पर्यटकीय कन्याममा (२८ तस्वीरसहित)

हाम्रो कोशी आवाज
मंसिर १५ २०७८, बुधबार
धरान मेघा कलेजको विदाइ र स्वागत पर्यटकीय कन्याममा  (२८ तस्वीरसहित)

धरानः मङ्गलबार बिहान करिब ७ बजे धरान मेघा कलेज परिसरबाट ४ वटा बसहरु इलाम जानको लागि भानुचोकबाट हुइँकिए ।
करिब दिउँसोको १२ बजे बिबिएस पहिलो, दोश्रो, तेश्रो र चौथो वर्षका विद्यार्थीसहित केही शिक्षकहरु कन्याममा ओर्लिँदा त्यहाँ घुम्न आउने अन्य पर्यटकहरुले पिकनिक खान आएका होलान् भनेर सहजै अनुमान गरे । बसबाट ओर्ली सकेपछि केही बिद्यार्थीहरु घुमघाम र फोटो खिच्न ब्यस्त भए भने बाँकी विद्यार्थीहरु कार्यक्रम गर्नका लागि अस्थायी स्टेज बनाउन थाले ।
करिब एक घण्टापछि बसमा ल्याएको सामग्रीबाट कलेजको फ्लेक्स ब्यानरसहित बिद्यार्थीहरुले फिक्कलको सुन्दर दृष्यलाई पृष्ठभूमि बनाएर चिटिक्क परेको स्टेज निर्माण गरे । यसरी बिबिएस पहिलो वर्ष र बिबिएस चौथो वर्षका विद्यार्थीलाई कलेजका एडमिष्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सञ्चाकद्वय प्रभाष राजवंशी, सागर खड्का, अध्यापकद्वय ज्योति थापा मगर र करण श्रेष्ठले खदा र अबिर लगाएर स्वागत गरे ।
अन्य समयमा भन्दा फरक तरिकाले नया ठाउँ र परिबेसको अनुभूति गराउँदै बिबिएस पहिलो वर्षका बिद्यार्थीलाई स्वागत र बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरिएको एडमिनिष्ट्रेटिभ डाइरेक्टर लिम्बूले बताए । सधैं एउटै ठाउँमा एकै किसिमले गरेको कार्यक्रमभन्दा रमणीय ठाउँमा कार्यक्रम गर्दा बिल्कुल फरक र रमाइलो अनुभूति भएको बिबिएस दोश्रो पहिलो अध्ययनरत छात्रा सपना राईले बताइन् ।
दुईदिने कार्यक्रम अन्तर्गत स्वागत, बिदाइका साथ साथै नेपालकै प्रसिद्ध पर्यटकीयस्थल श्रीअन्तुको भ्रमण समेत गराएको कोअर्डिनेटर वनेमले बताए । मङ्गलबार फिक्कलबाट साँझमा श्रीअन्तुमा आएर होमस्टेमा बसी भोलिपल्ट बुधबार बिहानै उठेर अन्तुडाँडामा गई सूर्योदयको रमणीय दृष्यावलोकन गरिएको सञ्चालक प्रभाष राजवंशीले बताए । देशकै पर्यटकीयस्थल अन्तुडाँडाबाट सूर्य उदाउँदै गरेको दृष्यले मन साँच्चै रोमाञ्चित भएको बिबिएस दोश्रो वर्षमा अध्ययनरत् छात्रा श्वेता भुजेलले बताइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर १५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend