धरानः बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार १० वर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ‘यो मुटु त तिम्रै हो’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।
यङ माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनालसँगै प्रियारानी लामाको अभिनय रहेको छ ।
मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी अहिले म्युजिक भिडियोमा समेत आफूलाई सक्रिय बनाउँदैछिन् । उनले मिस पूर्वाञ्चल २०१० मा उपाधि जितेपछि कोरियोग्राफीमा सक्रिय छिन् । म्युजिक भिडियोमा प्रियारानीको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ । राजेश थापाको सङ्गीत र विष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।