Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुने छेऊमा कार र बस जुधे

हाम्रो कोशी आवाज
मंसिर १७ २०७८, शुक्रबार
धरानको तीनकुने छेऊमा कार र बस जुधे

धरानः धरान-८ स्थित तीनकुने तल दुर्घटना भएको छ । कार र बस जुध्दा केही घाइते समेत भएका छन् ।
दुर्घटनामा कारमा सवार दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
दुर्घटनामा ५७ वर्षीय कमल पौडेल र उनकी श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु कारमा सवार थिए । यस्तै, बसमा सवार तीनजना यात्रु पनि घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले कारमा सवार घाइतेमध्ये कमलको दाहिने घुँडामा चोट लागेको जानकारी दिए । उनकी श्रीमतीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को१ख २९८८ नम्बरको बस र प्रदेश ३-०१-०२३ च ३८९४ नम्बरको कार धरानतर्फ आउँदै गरेको अवस्थामा एक आपसमा जुधेका थिए ।
तीब्र गतिमा रहेका दुवै सवारी एक आपसमा जुधेको प्रहरीले जनाएको छ । बसको अगाडिको दायाँतर्फ दायाँतर्फको चक्का नै उछिट्टएको छ भने कारको पनि अगाडिको चक्का उछिट्टएको प्रहरीले जनाएको छ । कारको एयरब्याग खुलेको कारण कारमा सवार चालक र यात्रु दुवैको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।तस्वीरहरुः तिर्थ कार्की

प्रकाशित मिति: मंसिर १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend