Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी स्वेतालाई मिस प्रदेश १ को उपाधि

हाम्रो कोशी आवाज
मंसिर १८ २०७८, शनिबार
धरानकी स्वेतालाई मिस प्रदेश १ को उपाधि

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान-११ की स्वेता भुजेलले हात पारेकी छिन् । प्रतियोगिता शनिबार राति साढे ९ बजे सम्पन्न भएको थियो ।
धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले हिरो होण्डाको डियो स्कुटरसहित बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनी स्कुटी चढेर परिवारसँगै घरसमेत फर्किएकी थिइन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । स्वेता धरान मेघा कलेजमा बिबिएसमा अध्ययनरत् मेधावी छात्रा हुन् । उनी विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन् । महिला हिंसा न्यूनीकरण गर्न तपाईको भूमिका के हुन्छ भन्ने निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उनले उपाधि हुत्याएकी हुन् । उनलाई यसअघिकी बिजेता रजनी तुम्सा लिम्बूले ताज पहिरयाइन् ।
यस्तै, फस्ट रनरअप बनेकी मोरङकी सुन्दरहरैंचा–६, गछियाकी सविना राईले ५० हजार रुपैयाँ, क्राउन, ट्रफी, प्रमाणपत्र, नेपाल एयरहोस्टेज काठमाडौंमा ५० प्रतिशत छुटमा एयरहोस्टेज पढ्नका लागि अवसर पाइन् ।
सेकेण्ड रनरअप बनेकी डाँडाबजार धनकुटाकी लेस्ली लिम्बूले २५ हजार रुपैयाँ, त्रक्राउन, ट्रफी, प्रमाणपत्र, नेपाल एयरहोस्टेज काठमाडौंमा २५ प्रतिशत छुटमा एयरहोस्टेज पढ्नका लागि अवसर पाइन् । उनले मिस फ्रेण्डली, मिस, मिस डिसिप्लिनको सवटाइटल पनि जितिन् । उनलाई यसअघिकी विजेता स्यारोन लिम्बूले ताज पहिरयाइन् ।
यस्तै, सवटाइटलतर्फ मिस ट्यालेन्ट सविना राई, मिस चार्मिङ मिश्रा राई, मिस एक्टिभ अम्विका राई, मोष्ट ट्यालेन्ट दुर्गा श्रेष्ठ, मिस वेष्ट स्माइल जमुना लिम्बू, मोष्ट ब्युटीफुल झरना लिम्बू, वेष्ट क्वाटवाक रचना लिम्बू घोषित भए ।
गायनतर्फको विजेता बने अर्जुन राई
पूर्वाञ्चल सिङ्गीङ स्टार सिजन ८ को उपाधि उदयपुरका अर्जुन राईले जितेका छन् । उपाधि जितेसँगै उनले नगद ५० हजारसहित २ ओटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार प्राप्त गरेका छन् ।
यसैगरी, गायनतर्फ धरानकी निषा खपाङ्गी फस्ट रनर अप र मोरङकी अनुष्का ढकाल सेकेण्ड रनर अप बनेकी छिन् । फस्ट रनर अप खपाङ्गीले नगद २५ हजारसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र गिटार हात पारे भने सेकेण्ड रनर अप ढकालले नगद १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र एउटा गिटार प्राप्त गरेका छन् ।
त्यस्तै, वेस्ट भोकलमा सुनसरी धरानका रिजन लोहनी, वेष्ट डिसिप्लिनमा बविता गुरुङ, वेष्ट पब्लिक च्वाइसमा अजुमा राईले सव टाइटलको उपाधि हात पारेका छन् ।
यसपटक मिस प्रदेश १ को निर्णायकमा प्रदेश १ चलचित्र महासंघका अध्यक्ष एवम् ह्वाइट हाउस कलेज धरानका सिइओ अरुणकुमार प्रधान, मिस पूर्वेली सुपर मोडल २०१५ की विजेता सुम्निमा खापुङ, गायक र सञ्चाकर्मी तम्पशेर राई रहेका थिए भने गायनतर्फ निर्णायकमा गायक विशाल राई, मनोज मोते रहेका थिए ।
विजेताहरूलाई केन्द्रका अध्यक्ष भक्तिराज राई, कार्यक्रमकी प्रमुख अतिथि सुनवस्ती विकास प्रालि काठमाडौंकी डाइरेक्टर एवम् वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत, बराह ग्रुप अफ कम्पनीका पब्लिक रिलेसन अफिसर सुरेन्द्रसिंह विश्वकर्मा, निर्णायकहरु लगायतले पुरस्कार तथा उपहार प्रदान गरेका थिए ।
२०६९ सालमा स्थापना भएको केन्द्रले २०७० सालदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ भने सुन्दरी प्रतियोगिता ०७४ सालदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका बिजेताहरुमा तेह्रथुमका संगम चोङवाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलेनबाबु लिम्बू (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदमबहादुर मगर (२०७५) र मोरङका सुमिन राई (२०७६) रहेका छन् । यस्तै, मिस स्टेट सिजन १ मा उदयपुरकी रमिला बस्नेत २०१८ की बिजेता बनेकी थिइन् भने यसअघि सिजन २ मा धनकुटाकी रजनी तुम्सा लिम्बू (२०१९ मा) ले मिस प्रदेश १ को उपाधि जितेकी थिइन् । यस्तै, २०१९ मै गायनतर्फको बिजेता मोरङका सुमित राई बनेका थिए ।
लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको कार्यक्रमका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राईले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’
पत्रकारिता पुरस्कार देविका चाम्लिङलाई
कार्यक्रमका यस वर्ष पत्रकारिता पुरस्कारतर्फ रेडियो धरानकी समाचार प्रस्तोता देविका चाम्लिङलाई प्रदान गरिएको थियो । उनलाई ५ हजार ५१ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिर्थ कार्की र मेरिना तुम्साले गरेकी थिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । यस्तै, सहप्रायोजनमा बराह ग्रुप अफ कम्पनी रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि, पाथिभरा फ्लेक्स, एम्स एकेडेमी, इष्टर्न एजुकेशनल एकेडेमी, सगरमाथा एसडी कलेज, हिमालय ग्रिन टी रहेको थियो ।
यस्तै, एजुकेशनल पार्टनर मेघा कलेज धरान रहेको छ । यस्तै, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम, रेडियो धरान, दन्तकाली एफएम रहेका थिए ।
प्रदेश नं. १ का १५ वर्षमाथिका अविवाहित युवायुवतीहरूलाई लक्षित गरी गायन प्रतियोगिता विगत ८ वर्षदेखि सञ्चालन हुँदै आएको छ भने सौन्दर्य प्रतियोगिता दुई वर्षदेखि शुरु गरिएको केन्द्रका अध्यक्ष राईले बताए । पूर्वाञ्चलका विभिन्न दुर्गम र विकट क्षेत्रमा रही प्रतिभा भएर पनि अवसरको कमीले ओझेलमा परेका नवयुवा प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना हुँदै आएको उनले बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend