Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिस स्टेट १ बिजेता स्वेतालाई धरान मेघाको सम्मान

हाम्रो कोशी आवाज
मंसिर २० २०७८, सोमबार
मिस स्टेट १ बिजेता स्वेतालाई धरान मेघाको सम्मान

धरानः मिस स्टेट १ को उपाधि जित्न सफल छात्रालाई धरानस्थित मेघा कलेजले सम्मान गरेको छ ।
पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको तेस्रो सिजनको मिस स्टेट १ को उपाधि जित्न सफल स्वेता भुजेललाई सम्मान गरिएको थियो । उनी मेघा कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत् छात्रा हुन् । उनलाई अभिभावकको उपस्थितिमा सम्मान गरिएको थियो ।
गत शनिबार धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले हिरो होण्डाको डियो स्कुटरसमेत हात पारेकी थिइन् । उनले बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी र प्रमाणपत्र हात पारिन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारेकी थिइन् ।
कलेजका एडमिष्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बू, प्रिन्सिपल भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कोअर्डिनेटर चन्द्र वनेम, कलेजका सञ्चाकद्वय प्रभाष राजवंशी, सागर खड्कालगायतले सम्मानपत्र, अविर र खदाले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल पौडेलले धरान मेघाले अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै गएकोले विद्यार्थीले सफलता हासिल गर्दै आएको बताए । कार्यक्रममा अध्यापकहरु ज्योति थापा मगर र करण श्रेष्ठले अविर र खदा पनि पहिरिएका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend