Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१२ का श्रवणकुमार कारागार चलान

हाम्रो कोशी आवाज
मंसिर २१ २०७८, मंगलबार
धरान-१२ का श्रवणकुमार कारागार चलान

धरानः बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१२ का ३३ वर्षीय श्रवणकुमार ठाकुरलाई पक्राउ गरिएको छ ।
बैकिङ कसुर मुद्दामा गत २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले तीन दिन कैद र २ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटी विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: मंसिर २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend