Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चर्चित रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डको कन्सर्ट हुने

हाम्रो कोशी आवाज
मंसिर २२ २०७८, बुधबार
धरानमा चर्चित रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डको कन्सर्ट हुने

धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्ड आगामी पुस ३ गते शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएका छन् ।
ब्याण्डका मुख्य गायक रविन तामाङ अहिले ‘रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल’ को सुटिङमा व्यस्त छन् । विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटाकेटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवाजी, जति माया लाएपनिलगायतका गीतहरु चर्चित छन् ।
चार वर्षअघि न्यू यर इभ कन्सर्टमा धरान आएका गायक रविन धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा सधै बढिरहेको पाएको बताउँदै उनी भन्छन्, ‘लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु ।’
टुवोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाइस्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टमा रेभुलेसनसँगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपीका बस्नेतको समेत प्रस्तुति रहनेछ । हिना पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपीका बस्नेत पनि नेपाल स्टारकि प्रतियोगी हुन् ।
कोभिडको कारणले दुई वर्षदेखि कुनै पनि ठूलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रमस्थलमा प्रवेशको लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । टुवोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा टुवोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुवोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ ।

प्रकाशित मिति: मंसिर २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend