धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले विद्यार्थीलाई सम्मान गरेको छ ।
बुधबार कलेज प्राङ्गणमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
कक्षा–१२ को म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण विद्यार्थीलाई कलेजले सम्मान गरेको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका अध्यक्ष ज्ञानेश्वर झाले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा लिसु कन्दङवा लिम्बू, सोनिया तामाङ, सुम्निमा राई, सेसेमा लिवाङ, दिया नेम्वाङ, दिनेश लिम्बू, सोनिया गुरुङ, कुसुम लिम्बूलगायत उत्कृष्ट नतिजा ल्याउने अधिकांश विद्यार्थीलाई सम्मान कार्यक्रम राखिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । उनले लिसुले ‘ए’ प्लस ग्रेडमा उत्तीर्ण भएको जानकारी दिए । कार्यक्रममा अध्यापक विजय अछामीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सुमन बाँस्कोटाले गरेका थिए ।









