धरानः यही मंसिर २५ गते शनिबार धरानमा चर्चित गायक तथा सङ्गीतकार ओर्को मुखर्जी आउने भएका छन् ।
धरानको बगरकोट सेउती खोला पारी रहेको भिन्टेज फेमिली रिसोर्टमा गायक मुखर्जी आउन लागेका हुन् । कार्यक्रममको टिकट भिन्टेज फेमिली रिसोर्ट, धरान–१५ मा रहेको टि बक्लक, धरान–८ मा रहेको भेष्पा एप्रिलिया सोरुम, जावा सोरुम र गोरखा वाच सोरुममा पाउन सकिने बताइएको छ ।
गायक मुखर्जीले पुराना सदावहार नेपाली गीतहरुलाई छुट्टै शैलीमा गाउने गरेका छन् । उनले तिम्रो नै माया लाग्दछ साइली, रेसम फिरिरी, माछी काडैले, देउराली उकाली चढेरलगायतका सदावहार नेपाली गीतहरु गाएका छन् । ती गीतहरुलाई नेपाली दर्शक तथा स्रोताले समेत निकै रुचाएका छन् ।
उनको प्रस्तुति साँझ ७ बजेदेखि ११ बजेसम्म रहने बताइएको छ । कार्यक्रममा सहभागीलाई प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ ।