Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बरगाछीमा दुर्घटना

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
धरानको बरगाछीमा दुर्घटना

धरानः धरान-८ बरगाछीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बरगाछीबाट भानुचोकतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
करिब ६ बजेतिर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
इटहरी-२० तरहराबाट भोजपुर हिँडेका वर्ष २६ को मिलन राईले हाँकेको मोटरसाइकलमा पछाडि सवार अन्दाजी २३ वर्षीया अनिता राई गम्भीर घाइते बनेकी थिइन् । गम्भीर घाइते बनेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले एकै दिशाबाट आइरहेका को३७प ११३ नम्बरको मोटरसाइकल र को१ख ३८५५ नम्बरको बस बरगाछीमा आएपछि दुर्घटनामा परेका थिए । मोटरसाइकलले आफ्नै दिशाबाट ओभरटेक गर्ने क्रममा पछाडिको चक्काले ठक्कर दिन पुग्दा मोटरसाइकलमा सवार उनीहरु उछिटिएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजमा पनि आफ्नै साइडबाट आइरहेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा बसको चक्काले ठोक्काएको देखिएको प्रहरीले जनाएको छ ।
‘सिसी टिभी फुटेजमा ओभरटेक गर्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिएको देखिन्छ, त्यसपछि मोटरसाइकलमा पछाडि सवार राई उछिट्टिएपछि उनलाई बसले किचेको देखिएको छ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी कुँवरले भने । उनका अनुसार बसले शरीर, टाउको लगायतको भागमा किचेको देखिएको छ ।
बसका चालक इटहरी–२० का ५४ वर्षीय राजु थापा र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी दिए । तस्वीरः सोहन श्रेष्ठ शीर्षक सच्याइएको छ ।

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend