Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख्यमन्त्री राई धरानमा

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
मुख्यमन्त्री राई धरानमा

धरानः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने कुरामा आफू अडिग रहेको बताएका छन् ।
धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको ९ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले प्रदेश १ को नामको बारेमा अडिग रहँदै र पहिचानको पक्षमा दृढतापूर्वक उभिने धारणा राखे । ‘साढे तीन दशकभन्दा पनि अगाडि अर्थात् झन्डै ४० वर्ष आफूले राजनीतिमा बिताएको छु, पार्टी जीवन समाप्त हुन्छ भनेपनि मचाहिँ पहिचानको पक्षमा उभिनेछु’, उनले थपे, ‘त्यसमा पहिचानविरोधीले पास हुन दिएन भनेपनि तपाईहरुले देख्नेगरी, सवा तीन करोडले थाहा पाउनेगरी पहिचानको पक्षमा अग्लोरुपमा मलाई उभिएको देख्नुहुनेछ ।’
आफ्नै नेताहरु पनि पहिचानको विपक्षमा रहेको उनको भनाइ थियो । तर उनीहरुले भनेर आफू नमान्ने उनले बताए । पुरानो महाधिवेशनले पास गरेको घोषणापत्र, प्रतिवेदन साथै चुनावी घोषणापत्रमा पनि पहिचानकै कुरा लेखिएको बताउँदै उनले यो न्याय र यो भूमिको आवाज र जनताको माग भएको धारणा राखे ।
उनले विशेषतः ठूला दलकै कारण प्रदेश १ मा पहिचानबाट नाम राख्न नसकिएको उनको भनाइ थियो । उनले सरकारले निर्णय गरेर नाम तोक्न नमिल्ने पनि बताए । ‘सरकारले निर्णय गरेर नाम तोक्न मिल्दैन’, उनले भने, ‘संसदको दुई तिहाइले पास गर्नुपर्छ, दुःखद् कुरा के छ भने पहिचानको पक्षमा अहिले नै दुईतिहाइ पुरयाउन गाह्रो छ, खासगरी पहिचानको पक्षमा नरहेका पार्टीहरु नै पहिलो नम्बरको पार्टी छ, त्यसले समस्या भएको हो ।’
उनले एमाले र कांग्रेसजस्ता ठूला दलले नै पहिचानको विपक्षमा रहेको आरोप लगाए । ‘कांग्रेस पहिचानको पक्षमा छैन तरपनि कांग्रेसलाई पहिचानविरोधी भनी नहालौं’, उनले भनाइ थियो, ‘तर पनि ठूलो दल भनेको एमाले विपक्षमै छ ।’
उनले प्रदेश १ मा ९२ सासंदमध्ये ४१ जना एमाले र २१ जना कांग्रेसका रहेको बताए । ‘साँच्चै भन्ने हो भने दुईतिहाइ दुवै दलको सांसदले पुग्छ’, उनले थपे, ‘त्यसैले हुँदै हुँदैन नभनौं तर मिहिनेत गर्नुपर्नेछ र यसको लागि म सक्दो प्रयास गर्छु, गठबन्धनको नाता जोडेर कांग्रेस साथै एमालेसँग कुरा गरेर मनाउने कोसिस गर्छौं ।’
कार्यक्रमका केन्द्रीय सचिव दोर्पध्वज राईले पहिचानबाटै प्रदेश १ को नाम राखिनुपर्ने धारणा राखे । कार्यक्रममा कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, समाजसेवी धुर्पीमाया राई, सम्मान गरिएको थियो । कार्यक्रमका केन्द्रीय सचिव दोर्पध्वज, जिल्ला अध्यक्ष बलराम राईलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
सचिव राजेन्द्र राईले दुईदिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए । भोलिसम्ममा किरात राई यायोक्खा जिल्ला कार्य समितिले नयाँ नेतृत्व पाउने उनले बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend